भोलिदेखि उपत्यकाका ३ जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गरिने ।
२८ असार, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।
आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णय भएको जनाएको छ ।
हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने आयोगक...