सरकारले हालसालै राजपत्रमा प्रकाशित गरेको न्युनतम पारिश्रमिक लागु गर्न र ठुला लगानीका सञ्चारमाध्यमहरुमा श्रमजिवी पत्रकार ऐन अझै कार्यान्वयनमा नआएकाले त्यसको पुर्ण कार्यान्वयनका लागि पत्रकार महासंघ केन्द्रले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा यस शाखा सम्पुर्ण रुपले लागि पर्ने र त्यसको कार्यान्वनका लागि दवाव दिने प्रतिवद्धता सो साधारण सभा व्यक्त गर्दछ ।

२०७५ पुस १५ गते आइतबार बागबजार, काठमाडौं स्थित होटेल हार्दिकमा सम्पन्न साधारण सभाको बन्दसत्रमा प्रस्तुत भई छलफल सहित पारित भएका प्रस्तावहरु निम्न अनुसार छन् । यि एजेण्डाहरु तत्काल कार्यान्वयनमा ल्याउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सरोकारवाला निकाय तथा सम्वन्धित संघ संस्थालाई हार्दिक आव्हान गर्दछ ।

१, यस साधारणसभा साना लगानीमा सञ्चालित पत्रपत्रिकाहरु तथा पत्रकारहरुले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडीयाहरुको हित, संरक्षण तथा प्रवद्धर्नका लागि ‘विशेष संरक्षण नीति’ अवलम्वन गर्न माग गर्दछ । त्यसका लागि पत्रपत्रिकालाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन रकम तत्काल दोब्बर कायम गर्दै समानुपतिक विज्ञापन नीति कार्यान्वयनमा ल्याउन माग गर्दछ ।

२, प्रत्येक स्थानीय सरकार मार्फत प्रदान गरिने स्थानीय तहका विज्ञापनहरु पत्रकार महासंघ समेतको सहभागितामा एक शक्तिशाली संयन्त्र बनाई सो संयन्त्र मार्फत समानुपातिक ढंगले वितरण गर्न सबै स्थानीय सरकार तथा प्रदेश सरकार समक्ष माग गर्दछ ।

३, काठमाडौं महानगरपालिका र काठमाडौं जिल्लाभित्र रहेका अन्य नगरपालिकाहरुले हाल सञ्चालनमा आइरहेका पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमहरुलाई २०७२ सालदेखिको व्यवसाय दर्ताका रुपमा सुचिकृत हुन आव्हान गर्दै मुद्रण उद्योगजन्य व्यवसाय र पत्रिकाहरुलाई एउटै वर्ग निर्धारण गरी कर असुलीको प्रावधान ल्याएकोमा यो साधारणसभा त्यस्तो विभेदकारी प्रावधानप्रति गम्भिर असहमति प्रकट गर्दछ । सोही प्रावधान अनुसार कर चुक्ता नगरेसम्म करचुक्ता प्रमाणपत्र कर कार्यालयले नदिने तथा पत्रपत्रिका वर्गिकरणको लागि प्रेस काउन्सिलमा करचुक्ता प्रमाणपत्र समेत माग गरेकामा उक्त प्रावधान तमाम साना लगानीका मिडीया विरोधी प्रावधान हो भन्ने यस सभाको ठहर छ । तसर्थ सम्वन्धित निकायको गम्भिर ध्यानाकर्षणका साथ उक्त प्रावधान सच्याउन आग्रह ् गर्दै सो समस्याको हल नभएसम्मका लागि प्रेस काउन्सिललाई कर चुक्त प्रमाणपत्र अनिवार्य नगर्न विशेष अनुरोध गर्दछ ।

४, बिराटनगरमा सम्पन्न नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनबाट पारित प्रत्यक्ष निर्वाचन प्रणाली तथा सदस्यता शुद्धिकरण सम्वन्धी व्यवस्थालाई हार्दिक स्वागत गर्दै शुद्धिकरण अभियान सुरु गर्ने र त्यसका लागि बहालवाला मन्त्री, अन्य राजकीय नियुक्तीप्राप्त विभिन्न ओहोदामा रहेका व्यक्तिहरु र पुर्णकालिन राजनीतिज्ञको भूमिकामा रही काम गरिरहेका तथा सक्रिय पत्रकारितामा संलग्न नभएकाहरुलाई यस शाखाको सदस्य कायम नरहनका लागि पहिलो चरणमा स्वेच्छिक घोषणा गर्न मौका दिने र ससम्मान विदा दिने व्यवस्था मिलाउन यस साधारण सभा आग्रह गर्दछ ।

५, नेपाल पत्रकार महासंघबाट जारी परिचयपत्रका आधारमा सिंहदरवार प्रवेश तथा अन्य सरकारी कागजात सरह मान्यता दिन आग्रह गर्दै एउटै खाले प्रेस पासले सबैतिर सहज पहुँचको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
६, २०७४ साल माघ ११ र १२ गते नुवाकोटको ककनीमा सम्पन्न यस शाखाको विस्तारीत बैठकद्धारा पारित ककनी घोषणापत्रमा उल्लेखीत अधिकांश मागहरु सम्वोधन भइसकेको र केही प्रश्तावहरु कार्यान्वयनको चरणमा रहेकाले यस साधारणसभा ति प्रश्तावहरुलाई समेत तत्काल कार्यान्वयनमा ल्याउन विशेष आग्रह् गर्दछ ।

७, सूचना विभागको परिचयपत्र भएका संचारकर्मी र संचालनमा रहेका संचारगृहलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै ‘एक संचारगृह, एक सवारी साधन’को व्यवस्था गरी भन्सार छुटको नीति अघि सार्न सरकार समक्ष यो साधारणसभा माग गर्दछ ।

८, सरकारले हाल पत्रकारहरुका लागि लागु गरेको दुर्घटना विमालाई जीवन विमामा परिणत गर्न पनि यो साधारण सभा आग्रह गर्दछ ।

९. निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारहरुलाई औषधी उपचार खर्च वापत प्रतिमहिना रु १० हजार नियमित रुपमा प्रदान गर्ने व्यवस्था गर्न यो साधारणसभा माग गर्दछ । साथै त्यस्ता जेष्ठ पत्रकारहरुको सदस्यता उहाहरुको सम्मानका खातिर निशुल्क नविकरणको व्यवस्था गर्न यस साधारणसभा माग गर्दछ ।

१०. सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुका लागि हरेक सरकारी तथा नीजी अस्पतालहरुमा उपचार गर्दा केही निशुल्क शैयाको व्यवस्था गर्न पनि यो साधारण सभा माग गर्दछ ।

११. साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्थाका लागि यो साधारण सभा विशेष आग्रह गर्दछ ।

१२. समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वय गर्न पनि यो साधारण सभा जोडदार आग्रह गर्दछ ।

१३, सुचना तथा प्रशारण विभागले साप्ताहिक पत्रिकाको अनलाइन संस्करण दर्ता गर्दा पत्रिकाकै सम्पादक रहेको व्यक्ति अनलाइनको सम्पादक हुन नहुने ा्रँवधान ल्याएकोले सो प्रावधान हटाएर पुरानै कायम गर्न यस साधारण सभा माग गर्दछ ।

१४, साना लगानीका पत्रपत्रिका उद्योग–व्यवसाय नभई स्वरोजगारमुखी सेवामुलक पेशा मात्र भएकाले सञ्चार माध्यामलाई लगानीका आधारमा वर्गिकरण गरी साना लगानी तथा ठुला लगानीका भनेर छुट्याई फरक–फरक ढंगको श्रमजिवी पत्रकार सम्वन्धी निर्देशिका तथा करनीति लागु गर्न यस साधारणसभा विशेष जोड गर्दछ ।

१५, यो साधारणसभा सफल पार्न सहयोग सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव तथा संघ संस्थाहरु, सोही अवसरमा पत्रकार आचारसंहिता सम्वन्धी डिजीटल संवाद कार्याक्रम आयोजना गरी साधारणसभा व्वस्थापनमा मुख्य भूमिका निर्वाह गरिदिने प्रेस काउन्सिल नेपाल तथा साधारण सभा उद्घाटन गरिदिनुहुने माननीय उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल लगायत अन्य अतिथी तथा सहभागीहरुप्रति यो साधारणसभा हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछ ।

Leave a Reply